१ असोज, काठमाडौँ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण करिब ६ महिनादेखि बन्द रहेकोे लामो दुरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालनमा आएका छन् । त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा विहानैदेखि चलपहल सुरु भएको छ ।

बसपार्क खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केर निःसंक्रमण गरेको छ । यस्तै, आजैबाट कम्युटर प्रणालीमार्फत टिकट बुकिङ समेत खुल्ला भएको बसपार्क व्यवस्थापनले बताएको छ ।

कोरोना महामारीको जोखिमका बीच बिहीबारबाट सबै प्रकार सार्वजनिक यतायात सञ्चालनमा आएका छन् । करिब ६ महिना बन्द रहेको लामो दुरीका यातायात समेत सञ्चालनमा आएको छ । त्यसैले आज काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा विहानै देखि चहलपहल देखिएको छ । यात्रुहरुको चहलपहल सुरु भएसँगै नयाँ बसपार्क क्षेत्र वरिपरि निसंक्रमण गर्ने काम भएको छ । यात्रुहरुको सुरक्षालाई ध्यान दिदैं बसभित्र समेत औषधि छर्किएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रुहरुको सुरक्षालाई ध्यान दिदैं बसपार्क क्षेत्रमा भौतिक दुरी कायम गर्न मार्किङ्ग गर्ने, र्यलिङ्ग राख्ने, तथा विद्युतिय प्रणालीमाफ्त टिकट बुकिङ गर्न सकिने व्यवस्था पनि गरेको छ । ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोमिखलाई अवसरको रुपमा लिदैं बिहीबारबाट विद्युतिय प्रणाली मार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था सुरु गरिएको बताए । उनले विस्तारै टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी अनलाइनबाटै टिकट काट्न सक्ने गरी तयारी भइरहेको बताए ।

बिहीबार लामो दुरीको यातायात सञ्चालनमा आएको पहिलो दिन यात्रुहरुको चाप भने सामान्य रहेको छ । नेपाल यातायात मजदुर संघका उपाध्यक्ष सुमन लामाले ५० प्रतिशत बढी भाडा लिएर सरकारले तोकेको मापदण्ड अनुसार नै यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म लैजाने वातावरण निर्माण गरिएको बताए ।

काठमाडौंको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खु लगायतका क्षेत्रबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । ती क्षेत्रमा पनि बिहीबार देखि मानिसहरुको चहलपहल बढेको देखिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top