×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा १ जना पक्राउ

१७ असार २०७७

१७ असार, काठमाडौं ।
पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले विष्फोटको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको जानकारी दिए ।

२८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

विष्फोटमा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेको भए पनि संलग्नता पुष्टि नभएपछि छुटिसकेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top