Nepal Times
Nepal Times
3
Shares

गोदावरीको बजेट १ अर्ब ८२ करोड

गोदावरीको बजेट १ अर्ब ८२ करोड

१० असार, ललितपुर ।

गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ ।

‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट प्रस्तुत गरिन् ।

चालु खर्चतर्फ रु ९३ करोड ४४ लाख २० हजार र पुँजीगत योजनातर्फ रु ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ ।

यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शैयाका अक्सिजनसहित आइसोलेशन कक्ष निर्माण गर्नाका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टीभिटामिन र क्याल्सियमको व्यवस्था पनि गर्ने भएको छ ।

बाह्र वर्षे गोदावरीका साथै नवदुर्र्गा मेलाका लागि अक्षयकोष खडा, पर्यटकको प्रभावकारी सत्कारका लागि सञ्चालित होटलमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था, कक्षा १ मा २५ भन्दा बढी विद्यार्र्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय रु २० हजारका दरले प्रोत्साहन अनुदान दिने भएको छ ।

कृषि क्षेत्रको लगानी नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेल, पुष्पका लागि गोदावरी, च्याँउका लागि चापागाउँ र गोलभेडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गोदावरीले अघि सारेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.