×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोली लागेर घाइते अबस्थामा एक पुरुष फेला

११ मंसिर २०७७

११ मंसिर, दाङ ।
दाङमा एक पुरुष गोली लागेको अबस्थामा फेला परेका छन्।

बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।

शरिरमा गोली लागेको छ। उपचार भइरहेकाले धेरै अनुसन्धान हुन पाएको छैन। हामी अनुसन्धान गरिरहेका छौं। एसपी चन्दले भने।

पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए।

उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो। तर त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले बताए। पौडेलको शरिरमा पाँच वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डिएसपीको कमाण्डमा टोली बनाइसकेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top