×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोहीको गणना शुरु

११ फाल्गुन २०७४

चितवन, फागुन ११
चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले गोही गणनाका लागि नारायणी र राप्ती नदीलाई ११ भागमा बिभाजन गरेर ११ वटा टोली परिचालन गरेर गणकलाई बिहानै नदीमा खटाइ सकिएको जानकारी दिए ।

गणना गर्दा गोही छुट्न सक्ने भएकाले तीन दिनसम्म दोहोर्याएर गणक नदीमा खटिने जनाइएको छ । गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

गएको साउनमा आएको बाढीले वन्यजन्तु र जलक्षेत्रमा बस्ने जलचर, उभयचरको बासस्थान प्रभावित हुनुका साथै बगेर भारत पुगेका र मृत्यु समेत भएका पाइएकाले यसपटकको गणनामा गोहीको वास्तविक अवस्था पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।

डुङ्गामा जाने गणकहरुले आँखाले हेरेर नै गोही गणना गर्नेछन् । यो समयमा अधिकांश गोही घाम ताप्न बाहिर निस्कने गर्छ । गणनाका क्रममा गोहीको बच्चा, वयस्क र अर्थवयस्क कति छन्, त्यो समेत मूल्यांकन हुनेछ ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काकाअनुसार जिल्लाको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही भएको अनुमान छ । सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कुल १९८ गोही थिए ।

प्राकृतिक बासस्थानका गोही लोप हुँदै गएकाले चितवनमा गोही प्रजनन् केन्द्र स्थापना गरी गोहीलाई हुर्काएर नदीमा छाड्ने गरिएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top