×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे भौतिक प्रगति ९८ प्रतिशत, यस्ताे बन्याे (फाेटाे फिचर)

२९ भाद्र २०७८

२९ भदौ, रुपन्देही ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो ।

अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए । प्रमुख ईन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् । उनले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताए । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख ईन्जिनियर अधिकारीले बताए ।

प्रमुख ई. अधिकारीले भने, ‘अहिले आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिव सम्पन्न भइसकेको छ, यद्यपी हामसँग केही साना प्राविधिक कामहरु बाँकी छन्, जस्तै त्यसमा मुख्यतया हाम्रो ठेक्का सम्झौताअनुसार २ वटा प्याकेजमा ठेक्का सम्झौता पाएको हो, पहिलो प्याकेज चिनियाँ कम्पनी नर्थ वेश सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले गरेको थियो, त्यसलाई हामी आइसीपी जिरो वान भन्छौँ, त्यो अन्तर्गतको मुख्य काम अब बाँकी भनेको टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फिनिसिङ्सका कामहरु मुख्य बाँकी कामहरु पर्छ, त्यो बाहेक आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले लिएको थियो, त्यो अन्तर्गतको उपकरण जडानका मुख्य कामहरु सम्पन्न भइसकेर हामीले क्यालिब्रेशन फ्लाइट, जुन हामीले जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरुको लागि कोभिड–१९ को कारणले गर्दा थाई गभर्मेण्टको हेल्थ प्रोटोकल छ, त्यसले गर्दा आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न नसकिएको अवस्था छ, सामान्यतया हेर्दा आयोजनाको कामहरु टुंगिदो क्रममा हो । मात्र एक,दुई वटा कामहरुले गर्दा आयोजना कम्प्लिट रुपमा सम्पन्न नभएको अवस्था छ, यसको लागि विभिन्न चरणमा एरोथाइ कम्पनीहरुसँग छलफल भइरहेको छ, कुटनीतिक पहल पनि गरेको हो, मन्त्रालय विभागले राष्ट्रिय गौरवको आयोजनाका निर्देशनालय जुन काठमाडौंमा छ, त्यसले पनि रेगुलर रुपमा कोर्डिनेशन गरिरहेको छ, यदी थाइल्याण्डबाट ल्याउने वातावरण सिर्जना भएन भने अन्य देशबाट ल्याउन सकिन्छ कि भनेर गभर्मेण्ट अगाडि बढीरहेको अवस्था छ, सम्भवतः छिटै यो विषयमा नीति तय गर्न सकिन्छ कि भन्ने अनुमान हाम्रो छ ।’

प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रि विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए । प्रमुख ईन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए ।
प्रमुख ईन्जिनियर अधिकारीले भने, ‘टर्मिनल बिल्डिङ रिलेटिभ अहिले जुन हामीले बनिरहेको टर्मिनल देख्छौँ त्यो रिलेटिभ रुपमा अलिकति सानो लाग्ने भएको र क्यापासिटीको हिसावले पनि प्रतिघण्टा ४ सय प्यासेन्जरलाई सर्भिस दिनसक्ने भएको कारणले गर्दा इन्टरनेशनल एयरपोर्टको लागि यो इन्टरनेशनल टर्मिनल बिल्डिङ रिलेटिभ सानो हुन्छ भन्ने तरिकाले नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ चाहिन्छ भन्ने तरिकाले आफ्नो अध्ययन अनुसन्धान अगाडि बढाएको अवस्था छ, करिव–करिव डिजाइन टुंगिदो क्रममा होला, बाँकी कामहरु अघि बढीसकेपछि मात्रै कहिलेबाट काम शुरु हुन्छ भन्ने कुराहरु यकिन गर्न सकिन्छ । हामीलाई आवश्यक पर्ने जनशक्ति आउनुभयो भने यो हप्ता दिनदेखि १० दिनसम्मको काम हो, अरुले रोकिँदैन ।’

प्रमुख ईन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताए । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top