Nepal Times
Nepal Times
3
Shares

गौतम बुद्ध भन्दा पोखरा विमानस्थलको प्रगति उत्कृष्टः पर्यटन मन्त्री

गौतम बुद्ध भन्दा पोखरा विमानस्थलको प्रगति उत्कृष्टः पर्यटन मन्त्री

१ माघ, पाेखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताएका छन् ।

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुग्नु भएका मन्त्रि ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसि पनि बताए । भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकन पछि पोखरा पुग्नु भएका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए।

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्रि ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताए । सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उनले बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.