×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौहत्यामा तीनजनालाई मुद्दा दर्ता

९ जेष्ठ २०७५

वालिङ, स्याङ्जा, ९ जेठ ः स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । 

वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।

स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top