×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

२४ जेठ, काठमाडौं ।

नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ ।

अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

त्यस क्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ ।

उपाध्यायले भने , “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दै छौँ । अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ । ”

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ सम्म निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट आफ्नै जग्गामा बनाइनेछ ।

प्लान्टका लागि निगमले झापामा पाँच बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको १० बिघा र सर्लाहीमा २१ बिघा जमिन छ । दुवै स्थानमा पाँच÷पाँच हजार मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण हुनेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top