×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

घनश्याम भुसाल एजेण्डा ओलीमाथिको गाली

१५ कार्तिक २०७९

१५ कात्तिक, काठमाण्डौ ।
नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल सत्तारुढ गठबन्धनबाट रुपन्देही १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका भुसाल वैचारिक क्षमता भएका विद्त नेताभित्र पर्दछन् ।

तर पछिल्लो समय मतदातामाफ मत माग्न रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागि हुदै आएका भुसाल आफ्नो पूर्वपार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिदै आएका छन् । रुपन्देहीका लागि उनका चुनावी एजेण्डा भन्दापनि उनका अधिकांश अभिब्यक्ति ओलीप्रति नै लक्षित रहदै आएका छन् ।

चुनावी प्रचारकै क्रममा सोमवार रुपन्देही क्षेत्र नं–१, २ को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्द्वतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताए ।

ओलीले पार्टीलाई नै कब्जा गरेर संविधानमाथि प्रहार गरेको पनि बताए । उनले केपी ओलीको दम्भका कारण आफूले पार्टी त्याग गर्नुपरेको बताउँदै लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले संविधान बचाउने काम रोजेको जिकिर गरे । भुसालले राजनीति स्थिरता, देशको विकास, समृद्धिका लागी पनि आफूहरूले जित्नुपर्ने बताए ।

यसअघि आइतबार मात्रै भुसालले ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका थिए । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे ।

उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे । भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन ग¥यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो ।

संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’ नेता भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए ।

त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीरसमेत गरे । यता एमाले छाडेका नेता भुसालले नेकपा एमाले र नेतृत्वलाई दिनहुँ गाली गर्न थालेपछि नेकपा एमालेका सचिव तथा रुपन्देही १ मा भुसालकै प्रतस्पर्धी रहेका छविलाल विश्वकर्माले भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् ।

विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक पटक धोखा दिएको आरोप लगाए । अहिले उहाँ एमाले र यसको नेतृत्वलाई सत्तोसराप गर्दै हिँड्नुभएको छ, आफूले दिने कुनै एजेन्डा छैन, टिकट नपाएपछि रातारात पार्टी फेरेर कांग्रेस माओवादीको शरणमा जाने व्यक्तिले कसरी मार्क्सवादी दर्शनको व्याख्या गर्नुहोला अब ?’ नेता विश्वकर्माले भनेका छन् ।

आइतबार देवदहमा चुनावी सभामा बोल्दै विश्वकर्माले अरूलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने बित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदाङ्गो भएको टिप्पणी गरे ।

राजनीतिक चरित्रको र साँच्चै आदर्शवादी नेता भएको भए पार्टीमै बसेर नेतृत्वलाई इमानदारिता र त्याग देखाउन सक्नुपर्नेमा भुसाल विपक्षीको गोटी बनेको उनले बताए । पार्टीलाई पटक पटक धोका दिँदै पार्टी छाडेर हिँड्ने घातीलाई जनताले राम्ररी चिनेकाले यस पटक सजाय दिने उनले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top