१६ बैशाख, काठमाडौ । सरकारले घरमा अक्सिजन नराख्न आग्रह गरेको छ।
अक्सिजन ओसार्ने सिलिन्डर सीमित भएकाले अक्सिजनको सिलिन्डर घरमा थन्किँदा एक ठाउँबाट अर्को ठाउँमा लैजान समस्या हुने डाक्टर अधिकारीले बताए ।
घरमा अक्सिजन नराख्न बरु कोरोना सङ्क्रमण भएर घरमै आइसोलेशनमा बस्दा अक्सिजनको मात्रा घटेजस्तो लागेमा, श्वास फेर्न गाह्रो भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर परामर्श लिन उनको सल्लाह छ ।
अहिले नै अक्सिजनको अभाव हुने अवस्था आइनसकेकाले चिन्तित भइहाल्नुपर्ने अवस्था नभएको र जनस्वास्थ्यको मापदण्डको पालना गर्दै जाने हो भने डराउन नपर्ने उनले बताए ।
काठमाण्डौ उपत्यकाभित्र ११३३ मा चौबीसै घण्टा फोन गरेर एम्बुलेन्स बोलाएर नजिकै रहेको अस्पतालमा स्वास्थ्य जाँच गराउन सकिन्छ भने काठमाण्डौ बाहिर पनि तोकिएको ठाउँबाट जानकारी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।