Nepal Times
Nepal Times
3
Shares

घाँटी काटेर हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला

घाँटी काटेर हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला

३१ असोज, जनकपुरधाम । धनुषामा घाँटी काटेर हत्या गरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.