Nepal Times
Nepal Times
3
Shares

घाँसको लोभमा वनमा डढेलो

घाँसको लोभमा वनमा डढेलो

२५ चैत, काठमाडौँ । बेनी नगरपालिका–२ ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भएको छ ।

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मीसहित टिम परिचालन गर्यो । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म आगो नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा असफल भए ।

यस वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्यांकले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

अव्यवस्थित ढंगले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाइँदा वातावरणीय पर्यावरण तथा जीवजन्तुसँगै मानवीय क्षति हुँदै आएको छ ।

सामान्यतया सुक्खा र गर्मी हुने मौसममा डढेलो बढी हुने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलहरुमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.