×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

घाँस न पात तर गाईबाट मासिक एक लाख

२३ बैशाख २०७५

पोखरा, २३ वैशाखः झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ ।

यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो ।

गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । विसं २०६४ मा रु एक लाख ५७ हजार १९८ खर्चेर निर्माण गरिएको सो गाईले १० वर्षको अवधिमा रु ६१ लाख ९४ हजार ९१०आम्दानी गरेको उनी बताउँछन् ।

दश वर्षको अवधिमा लगभग रु छ लाख १९ हजार ४९१ जनाले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गर्ने क्रमसँगै उक्त यान्त्रिक गाई गुफाको आम्दानीको स्रोत बनेको हो ।

स्थापनाको पहिलो वर्षमै रु एक लाख ७५ हजार ९९०, दोस्रो वर्षमा रु दुई लाख २१ हजार ४१०, तेस्रो वर्षमा रु दुई लाख ७१ हजार ११०, चांैथो वर्षमा रु चार लाख ९१ हजार ४८०, पाँचांै वर्षमा रु पाँच लाख ५९ हजार २०० , छैटौं वर्षमा रु छ लाख ३८ हाजर २२०, सातांै वर्षमा रु सात लाख ४२ हजार ९३०, आठांै वर्षमा रु सात लाख २३ हजार २५०, नवौं वर्षमा रु पाँच लाख १८ हजार १०० र यसवर्ष रु ११ लाख ६९ हजार ४९० आम्दानी भएको छ ।

गुफा अवलोकनका लागि व्यवस्था गरिएका विभिन्न पाँच प्रकारका टिकट काटेर गुफामा प्रवेश गर्दा आर्थिक वर्ष २०७३÷७४ मा कूल दुई रु करोड २० लाख ९९ हजार १३५ आम्दानी भएको गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम बरालको भनाइ छ । कामधेनु गाईको लागि भने भित्र प्रवेश गरेपछि छुट्टै टिकटको व्यवस्था गरिएको छ ।

उनका अनुसार टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा गुफाले दानपात्रबाट रु १२ लाख ११ हजार ९८७, सहयोग रसिदबाट रु ४९ हजार ६०९, सदस्यता रसिदबाट रु २८ हजार, विविध आम्दानी रु ३१ हजार ७०, बैंक ब्याजबाट रु १० लाख ३६ हजार २१४ गरी कूल दुई करोड ५६ लाख २५ हजार ४९६ आम्दानी गरेको छ ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको भए पनि विशेष गरेर धार्मिक परम्परा अनुसारका साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौंथी, हरिबोधनी एकादशी, ऋषि तर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी लगायतका विभिन्न पर्वमा दर्शनार्थीको घुइँचो लाग्ने हुँदा गाईको समेत आम्दानी बढी हुने गरेको गुफा व्यवस्थापन समितिका सचिव देवीबहादुर थापा जानकारी दिन्छन्।

“परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवदेवताका मूर्तिले गुफाको आकर्षण बढाएको छ,” – उनी भन्छन् ।

गुफाको मन्दिरदेखि पातले छाँगोको दृश्यावलोकन गर्ने स्थानसम्म लगभग ६५ मिटर टनेल रु एक करोड सात लाखको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । गुफामाथि बढ्दो सवारी साधन र भौतिक संरचनाका कारण सम्भावित जोखिमी रोक्न टनेल निर्माण गरिएको हो ।टनेल निर्माणसँगै गुफाको संरक्षण र दर्शनार्थी सुरक्षित हुने विश्वास लिइएको छ ।

गुप्तेश्वर गुफा मन्दिरसम्म जान सर्वसाधारणलाई रु ३५ र विद्यार्थीलाई रु २५ तथा विदेशीका लागि रु ५० निर्धारण गरिएको छ । त्यस्तै मन्दिरबाट अझभित्र टनेल हुँदै पातले छाँगो दृश्यावलोकन गर्नका लागि विदेशीलाई रु १०० र नेपालीलाई रु ५० तथा विद्यार्थीलाई रु ३५ को टिकट दस्तुर तोकिएको गुप्तेश्वर गुफा व्यवस्थापन कार्यालय प्रमुख नारायण पौडेल बताउँछन् ।

उनका अनुसार गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएकोछ । जुन क्याम्पसमा अध्ययनरत छात्रको तुलनामा छात्राको संख्या निकै बढी छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top