×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घुस रकमसहित सशस्त्र प्रहरी जवान पक्राउ

१६ कार्तिक २०७७

१६ कात्तिक, बर्दिवास ।

महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ स्थित निगौल चोकबाट सशस्त्र प्रहरी जवान घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले घुस रकम सहित सशस्त्र प्रहरी जवान उमेश चौहानलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल रामनगर सुरक्षा बेश क्याम्पमा कार्यरत चौहानलाई १७ हजार ६ सय रुपैया सहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

पक्राउ गरिएको चौहानलाई हिरासतमा लिएर थप अनुसन्धान भैरहेको कार्यालयका उप–सचिव कृष्णमणी फूयाँलले जानकारी दिए।

सशस्त्र प्रहरी जवानले घरायसी प्रयोजनको लागि प्रयोग गरिने काठदाउरा सहजीकरण गरिदिने भन्दै सेवाग्राही संग घुस रकमसहित पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top