×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

घोडाघोडी वनमा विदेशीको अस्भाविक जमघट

७ चैत्र २०८१

८ चैत , काठमाण्डौ , एजेन्सी ।

कैलालीको घोडाघोडी नगरपालिका–९स्थित सिमली जंगलमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना अस्वभाविक रुपमा बसिरहेको पाइएको छ। एकहप्ता भन्दा बढी समयदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएपछि उनीहरुलाई गन्तब्यमा जान २४ घण्टाको समय दिइएको छ ।

रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेर प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।

उनले प्रशासनले दिएको समयावधिमा सो सउथान खाली नगरे प्रहरीले आवश्यक कारबाही गर्ने बताएका छन् । जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वभाविक गतिविधी गरिरहेको गुनासो प्राप्त भएपछि आफूहरु सो क्षेत्रमा गएको र कुनै निकायको अनुमती नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको हमालले बताएका छन् ।

त्याहा रहेका विदेशीहरु पर्यटक भिसामा नेपाल आएको पाइएको समेत उनले बताएका छन् । अनुगमनका क्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु(नेचर लभर) भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए।

तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो। स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ।

घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ। सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीवार दिउँसो हातपात समेत भएको थियो ।

मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका थिए ।

मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघसंगठनले विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। प्रहरीले भने हातपातमा संलग्न मध्येका शाहलाई भने नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top