×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चक्रपथमा ४० सिटका आधुनिक विद्युतीय बस, मोबाइलबाटै भाडा तिर्न सकिने

१७ माघ २०७५

काठमाडौं , माघ १७

चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ । सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष थापाले जानकारी दिए ।

कम्पनीले ३ वटा बस नेपाल ल्याईसकेको छ भने चार्जिङ स्टेशन पनि झिकाईसकेको छ । एउटा बसको मूल्य १ करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’, नामको एप्स निर्माण गरिरहेको छ ।
‘४० सिट क्षमताका आधुनिक विद्युतिय बस गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ, बसमा एप्सबाटै भाडा तिर्न सकिन्छ’, सुन्दर यातायातका अध्यक्ष थापाले विकासन्युजसँग भने । ३ वटा बस ल्याईसकेको कम्पनीले थप १० वटा बस ल्याउने प्रक्रिया अघि बढाईसकेको छ ।

१३ जना युवा उद्यमी मिलेर उनीहरुले काठमाडौं पछि पोखारा, बुटवल र चितवनको शहरी क्षेत्रमा विद्युतिय बस सञ्चालन गर्ने योजना बनाएका छन् । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट विद्युतिय बस सञ्चालन गर्न लागिएको तर सरकारले अपेक्षाकृत सहयोग नगरेको गुनासो पनि थापाले पोखे ।

यस अघि साझा यातायातले विद्युतिय बस ल्याएको भए पनि गुणस्तरमा समस्या देखिएपछि फिर्ता पठाईएको छ । सरकारले विद्युतिय सवारी साधनमा भन्सार छुट दिएको छ तर चार्जिङ स्टेशनको भन्सारमा छुटमा भने आनाकानी भैरहेको थापाले जानकारी दिए ।

रघुविरको अर्घेल्याई

विद्युतिय सवारी साधनको प्रवद्र्धनमा वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ तगारो बनेको आरोप पनि उनीले लगाए । सरकारले आफ्नो नीति तथा कार्यक्रम, बजेत वत्तव्य र बामपन्थी घोषणा पत्रमै उल्लेख गरिएका व्यवस्थाहरुको कार्यान्वयनमा मन्त्रीले चासो नदेखाएको थापाले बताए । ‘सरकारको नीति तथा कार्यक्रममै ५ बर्षभित्र विद्युतिय सवारी साधनहरुको हिस्सा २० प्रतिशत पुर्याउने भनिएको छ, तर वर्तमान मन्त्रीले चासो देखएका छैनन्’, थापाले आरोप लगाए ।

उनका अनुसार विद्युतिय बसका लागि आवश्यक पर्ने चार्जिङ स्टेशनका उपकरण आयातमा मन्त्रालयले सहुलियत दिन आनाकानी गरिरहेको छ । त्यसमा मन्त्री महासेठले नै अनिच्छा देखाएका हुन् । ‘चार्जिङ स्टेशनका उपकरणमा भन्सार छुट दिन भन्सार विभाग तयार छ, यातायात व्यवस्था विभाग पनि पत्र लेख्न तयार छ तर मन्त्री आफैं सकारात्मक छैनन्, हामीले पटक पटक कुरा राख्यौं तर काम भएन’, थापाले आक्रोस पोखे ।(विकास न्युजबाट)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top