Nepal Times
Nepal Times
3
Shares

चट्याङमा परी तीन जना घाइते

चट्याङमा परी तीन जना घाइते

२७ चैत्र, विराटनगर । बिहीबार बेलुका बर्षासँगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना मानिस घाइते भएका छन् ।

संखुवासभा मकालु ५ नुम बजारका २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ ।

त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ भने ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.