Nepal Times
Nepal Times
3
Shares

चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगमा सहभागि खेलाडीलाई विराटनगर महानगरले गर्यो विदाइ

चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगमा सहभागि खेलाडीलाई विराटनगर महानगरले गर्यो विदाइ

१० माघ, विराटनगर ।
रौतहटमा हुने चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगका लागि विराटनगर महानगरपालिकाले महिला फुटबल खेलाडिलाई विदाइ गरेको छ ।

शुक्रबार गरिएको विदाई कार्यक्रममा विराटनगर महानगर टोलीकी कप्तान कल्पना कार्की क्षेत्रीले रौतहटमा हुने चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगको उपाधि रक्षा गर्ने बताएकी छिन्।

महानगरले १८ जना खेलाडीसहित प्रशिक्षक तथा अफिसियललाई विदाई गर्ने क्रममा कप्तान कार्कीले शनिबारदेखि सुरु हुने प्रतियोगितामा महानगरको टोली शतप्रतिशत जितको लागि मैदानमा उत्रने स्पष्ट पारिन्।

गत जेष्ठमा काठमाडौंमा सम्पन्‍न उप मेयर कप अन्तर नगरपालिका महिला फुटबलको उपाधि हात पारेको टोलीले यसपटक पनि मैदानमा दबावरहित खेल खेल्दै उपाधि रक्षा गर्ने कोशिस गर्ने कार्कीको भनाई छ। सो क्रममा विराटनगर महानगरपालिकाले बाह्रविसे नगरपालिकालाई पेनाल्टीमा ४(१ गोलले पराजित गरेको थियो।

अर्कोतर्फ, धनकुटामा आयोजित महिला फुटबलमा आयोजक धनकुटालाई एक शून्यले पराजित गरेकोले टोली मैदानमा जितको लक्ष्यसहित उत्रने टोलीका प्रशिक्षक पारस चौधरीले जानकारी दिए।

टोलीको मनोबल उच्च भएकोले उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको उनले बताए।रौतहटमा हुने प्रतियोगिताका लागि अभ्यासको समय कम पाएको भएपनि महानगरको टोलीले अन्यलाई पराजित गर्ने क्षमता राख्ने प्रशिक्षक चौधरीको भनाइ छ।

कार्यक्रममा महानगरका प्रमुख भीम पराजुली, एन्फाका सह महासचिव बसन्त अर्याल, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँको उपस्थिति रहेको थियो। प्रतियोगिता माघ १० गतेबाट १८ गतेसम्म हुनेछ।

प्रतियोगितामा सेमीफाइनलको यात्रा गर्ने चार टोलीले तिन विभागीय टोलीसंगै राष्ट्रिय महिला लिगमा सहभागिता जनाउने छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.