Nepal Times
Nepal Times
3
Shares

चन्द्रागिरि केबलकारमा कोरोना खोप लगाएकालाई २५ प्रतिशत छुट

चन्द्रागिरि केबलकारमा कोरोना खोप लगाएकालाई २५ प्रतिशत छुट

८ बैशाख, काठमाडौ । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ ।

चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिए ।

हाल चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७०० लिइँदै आएकामा कोभिड–१९ सुई लगाएकालाई भने २५ प्रतिशत सहुलियत दिने व्यवस्था मिलाइएको महाप्रबन्धक शाहको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.