Nepal Times
Nepal Times
3
Shares

‘चपली हाइट ३’ र ‘प्रेम गीत ३’ को भिडन्त हुने पक्का

‘चपली हाइट ३’ र ‘प्रेम गीत ३’ को भिडन्त हुने पक्का

१० मंसिर, काठमाडौँ ।
बक्स अफिसमा निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’को भिडन्त हुने भएको छ । ‘चपली हाइट ३’ प्रदर्शन मिति घोषणा चैत २८ गते तोकिएसँगै ‘प्रेमगीत ३’ सँग जुँध्ने पक्का भएको हो ।

‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । चलचित्रमा अघिल्ला दुई सिरिज सफल भएको निर्माणाधीन तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ ।

प्रेम गीत ३ ले ६ महिना अगाडि नै चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको थियो । निर्माता अर्जुन कुमारले एक भिडियो सार्वजनिक गर्दै, समयमा नै चलचित्र निर्माणको काम सम्पन्न गर्न नसक्ने यसअघि रिलिज डेट घोषणा नगरेको तर अब चलचित्र चैत २८ मा आउनेछ भनेका छन् ।

अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्ने र चलचित्रमा सस्पेन्स र थ्रीलरलाई प्राथमिकतामा राखेको निर्माता अर्जुन कुमार बताउँछन् । निर्देशक निकेश र निर्माता अर्जुनबिच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.