×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

२३ कार्तिक २०७७

२३ कात्तिक, कास्की ।

पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ । पर्याप्त जलाशयका कारण पोखरा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेका छन् । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकोले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । पछिल्ला वर्षमा पाहुना चराको सङ्ख्या भने घट्दै गएको उनले बताए । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनले बताए ।

हिउँद शुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै छिर्ने कर्याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ । ठूला ठूला झुण्डमा आउने कर्याङकुरुङ पोखरा हुँदै काली गण्डकी उपत्यका पार गर्दै भारतको राजस्थान लगायतका स्थानमा पुग्ने गरेको घिमिरेले जानकारी दिए । पोखरा र आसपासमा कर्याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरे बाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका स्थानीयवासी बताउँछन् ।

पोखरासहित समग्र गण्डकी प्रदेश चरा पर्यटनका लागि आकर्षक गन्तव्य रहेको पत्रकार कृष्णमणि बरालले बताए । विशेष गरी जलाधार क्षेत्र चराहरू रमाउने स्थल भए पनि पछिल्ला वर्षमा बढ्दो मानवीय अतिक्रमणले चराको वासस्थान सङ्कटमा पर्दै गएको उनले बताए । झण्डै एक दशक अघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा पछिल्ला वर्षमा भने त्यो क्रम कम हुँदै गएको उनले बताए । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको उनको भनाई छ ।

कास्कीको दक्षिणभेगस्थित सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको छ । सुरौदी जलाधार क्षेत्रमा अन्य विभिन्न प्रजातिका चरा पनि कम हुँदै गएको स्थानीयवासीले बताए । पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् ।

संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको छ । कास्कीको लेखनाथ क्षेत्रस्थित रुपातालमा १०÷१२ वर्ष अघिसम्म पाउने गरिएको दाह्रे हाँस (स्थानीयले रजहाँस भन्ने गरेको) र सेतोहाँस अहिले पाउन छोडिएको छ ।

यसअघि २०७४ सालको हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ । अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ । पछिल्ला वर्षमा जलाधार क्षेत्रमा पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायतका चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ ।

पोखरा पन्छी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख गरेका छन् ।

विश्वमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छ । पोखरा र आसपासमा मांसाहारी प्रजातिका चराको सङ्ख्या धेरै पाइने भएकोले पोखरालाई मांसाहारी चराको राजधानी पनि भन्ने गरिएको छ । चराहरूको संरक्षण एवम् पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा केही वर्ष यता चरा उत्सव गर्न थालिएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवं यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव गर्न थालिएको हो ।

पोखराका अष्ट्रियन क्याम्पबाट अङ्ग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बरसम्म शिकारी प्रजातिका चरा बसाइँसराइ गरेको देख्न पाइन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने अवस्थालाई दृष्टिगत गर्दै पदयात्रा क्षेत्रमा पनि चरा पर्यटनलाई सँगसँगै अघि बढाउन खोजिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पदयात्रासँगै चरा पर्यटनलाई पनि अघि बढाउने लक्ष्यका साथ चरा गणना गर्ने काम भइरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा गणना कार्य भइरहेको जानकारी दिँदै उनले हालसम्मको अध्ययनले पदमार्ग क्षेत्रमा १३७ प्रजातिका चरा पाइएको बताए ।

“सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर बन क्षेत्र रहेको छ,” उनले भने, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।” पन्छी समाजले गरेको स्थलगत अनुसन्धानले मिलेनियम ट्रेकलाई चरा अध्ययन केन्द्रको रुपमा अघि बढाउन सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ । अध्ययनको क्रममा सबैभन्दा बढी नेपालमा मात्रै पाइने काँडे भ्याकुर भेटिएको र अन्य अति सङ्कटमा परेको केही चरा पनि देखिएको पोखरा पन्छी समाजले जनाएको छ ।

पन्छी समाजका अध्यक्ष घिमिरेका अनुसार पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँईचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्ध लगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाई, कालो चिल, काकाकुल, शिक्रा, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका प्रजातिका चरा भेटिएका छन् । संरक्षणका क्षेत्रमा कृयाशिल प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङभाङ भैँसेगौँडामा अघिल्लो वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेशको हिमालपारिको जिल्ला मुस्ताङमा हालै दुई सय वर्षमा चार पटक देखा परेको दुर्लभ लम्काने लाटोकोसेरो (लङ यर्ड उल) भेटिएको छ । घरपझोङ गाउँपालिका वडा नं ५ ठिनीका युवा एवं राष्ट्रिय समाचार समितिका मुस्ताङ समाचारदाता निरज थकालीले स्याउबारीबाट देखिएको उक्त लाटो कोसेरोलाई भिडियोमा कैद गरेका हुन् ।

यसअघि २१ वर्ष पहिला यसप्रकारको प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पिपरमा भेटिएको भए पनि त्यसको कुनै फोटो वा भिडिओ भने सार्वजनिक हुन सकेको थिएन । करिब ५८ वर्ष अघि काठमाडौँको ककनीमा यो प्रजातिको नमुना सङ्कलन गरिएको थियो । काठमाडौं उपत्यकामा १९ औं शताब्दीमा सर ब्राईन हगसनले यसको नमूना अभिलेख गरेको भन्ने भनाइ छ । लामो समयपछि भेटिएको यो प्रजातिले लाटोकोसेरो संरक्षणकर्मीलाई अनुसन्धानमा सहयोग पुर्याउने प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए । थकालीले खिचेको भिडियो अनुसन्धानकर्मीको अध्ययनबाट लामकाने लाटोकोसेरो भएको निष्कर्षमा पुगिएको आचार्यले बताए । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये यो एक रहेको उनको भनाइ छ ।

पर्यटकीय नगरी पोखरासहित हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म फैलिएको गण्डकी प्रदेश चरा पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै आचार्यले यसको प्रवद्र्धन र विकासमा राज्यको चासो पुग्नुपर्ने बताए । “गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ५०० प्रजातिका चरा पाइन्छन् जसमध्ये १०० स्तनधारी प्रजाति छन्,” उनले भने, “नेपालमा पाइने ८८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा ६०० प्रजाति पाइन्छन् ।”–वासुदेव पौडेल/रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top