Nepal Times
Nepal Times
3
Shares

चलचित्रका प्रशिक्षार्थीले बनाए विराटनगरमा सन्देशमुलक चलचित्र

चलचित्रका प्रशिक्षार्थीले बनाए विराटनगरमा सन्देशमुलक चलचित्र

२७ पुस, विराटनगर ।
विकल्प एन अल्टरनेटिभको आयोजनामा भएको ५ दिने फिल्म मेकिंग तालिम पश्चात तालिममा सहभागीहरुले तयार पारेको सिनेमा प्रदर्शन गरिएको छ ।

विकल्प एन अल्टरनेटिभको आयोजना,एट्लस नेटवर्कको सहयोग र समृद्धि फाउन्डेसन,एकाउन्टिबिलिटि ल्याब र होटल नमस्कारको सहकार्यमा भएको तालिम पश्चात तयार पारिएका सिनेमाहरु शनिबार विराटनगरको होटल नमस्कारमा प्रदर्शन गरिएको हो । फिल्म स्क्रिनिंग कार्यक्रममा समसामयिक सार्वजनिक नीति, अर्थ–राजनीति, ब्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका बिषयलाई समेटेर बनाइएका चार वटा छोटो चलचित्रहरु प्रदर्शन गरिएको अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धित पहिलो सिनेमा “अमोक्ष” मा स्वतन्त्र रुपले आफ्नो अभिव्यक्ति राख्न पाउने बिषयलाई प्राथमिकतामा राखिएको थियो भने दोस्रो सिनेमा “लाइसेन्स” ले मोटरसाइकल लाइसेन्समा भएको बेथिति र लाइसेन्स नभएको कारण दैनिक जीवनमा नागरिकहरुले भोग्नु परेका समस्याहरुलाई उजागर गरिएको थियो । त्यसैगरी तेस्रो समूहले तयार गरेको चलचित्र “बेवास्ता” ले सार्वजनिक बिद्यालयमा रहेको लापरवाही र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रबावलाई दर्शाएको थियो । चौथो समूहले बनाएको चलचित्र “३.२१” ले कुबिकासको कारण सर्वसाधारणहरुले भोग्नुपरेको समास्यालाई दर्शाएको थियो ।

सिनेमाले समाजका विषयलाई उठान गरेको भन्दै सहभागीहरुले राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.