Nepal Times
Nepal Times
3
Shares

चलचित्र ‘धुलो’को ट्रेलर रिलिज, बुद्धि तामाङको फरक भूमिका (भिडियो)

चलचित्र  ‘धुलो’को ट्रेलर रिलिज, बुद्धि तामाङको फरक भूमिका (भिडियो)

७ फागुन, काठमाडौँ ।
गाडा चलाएर जीविका चलाउने एक निम्न वर्गका पात्रको सङ्घर्षमा आधारित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलर मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र सृजना सुब्बालगायत कलाकारलाई स्थान दिइएको छ ।जीवनयापन गर्न गाडा चलाउनेको जीवन शैली सपना र सङ्घर्ष समेटिएको चलचित्रमा बुद्धि तामाङको फरक भूमिका रहेको बताइएको छ ।

धुलोुमा बुद्धि, अग्रज र सृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ साथै नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको बताइएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रका निर्माता लक्ष्मी गौतम र नानीराम फुयाँल हुन् भने सह–निर्माता दीपा धरेल हुन् । सुवास सिंह बस्न्यातको कथा, रविन आचार्यको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.