Nepal Times
Nepal Times
3
Shares

चितवनमा थप आठ कोरोना सङ्क्रमितको ज्यान गयो

चितवनमा थप आठ कोरोना सङ्क्रमितको ज्यान गयो

२२ बैशाख, चितवन।  चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ ।

चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।

मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।

चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.