Nepal Times
Nepal Times
3
Shares

चितवनमा विश्व रेञ्जर सम्मेलन सुरु

चितवनमा विश्व रेञ्जर सम्मेलन सुरु

२६ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षपुष्पकमल दाहालले प्रकृतिको संरक्षणमा योगदान पु¥याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन ्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविकविविधता संरक्षणमा चुनौतिथपिएको उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पु¥याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रहगरेका हुन् ।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै उनले विकास र समद्धिको नाममाहुने गरेका वनलगायतकाप्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यानदिनुपर्ने पनि स्पष्ट पारे ।

अध्यक्षदाहालले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथाअवैध व्यापार पनिविश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानकालागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्मचल्नेछ । ७२ देशकावन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वनतथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.