×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चितवनमा २ ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते

२९ भाद्र २०७७

२९ भदाै, चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक एकापसमा ठाक्किएका थिए । ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो ।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top