Nepal Times
Nepal Times
3
Shares

चितवनमा ७२ घण्टाभित्रै ७० शैयाको ‘कोरोना विशेष अस्पताल’ तयार

चितवनमा ७२ घण्टाभित्रै ७० शैयाको ‘कोरोना विशेष अस्पताल’ तयार

७ चैत, चितवन । चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ’कोरोना विशेष अस्थायी अस्पताल’ तयार भएको छ ।

अहिले अस्पतालको शुभारम्भ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गरिरहेकी छन् । भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो ।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। ५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो । आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जना जनशक्ति खटिएका थिए ।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ । अब कोरोनाको आशंका लागेमा यहीँ अस्पतालमा उपचार गरिने उपमेयर दाहालले बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.