×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

३ मंसिर २०८२

२ मंसिर , काठमाण्डौ ।

नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार गरे। १९औं ओभरमा आउट हुनुअघि उनले ५२ रन जोडे। उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। ओपनर दीपक बोहराले ४२ रन बनाए।

उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यसअघि डविड मलान ६ रन र देव खनाल २ रनमा आउट भए। दुवैलाई युनिस ठकुरीले आउट गरेका थिए। उनले मलानलाई क्याच गराउँदा खनाललाई रनआउट गरे।

कप्तान कुशल मल्लले १५ बलमा २ छक्काको मद्दतमा २० रन बनाए। चितवनको जितमा सइफ जइबले १६ बलमा जोडेको ३८ रन महत्वपूर्ण सावित भयो। १८औं ओभरमा सोमपाल कामीको डलबिडब्लूको धरापमा पर्नुअघि उनले लगातार दुई छक्का प्रहार गरेका थिए।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा मार्क वाट, युनिस ठकुरी र युवराज खत्रीले १–१ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन बनायो।

ओपनिङ ब्याटर प्रियांक पाञ्चालले ९० रनको योगदान गरे। यद्यपी चितवनका बोपारा र जइबले उत्कृष्ट ब्याटिङ गर्दा उनको ९० रन कर्णालीलाई काम लाग्न सकेन। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

उनीसँग अर्का ओपनर म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ८.५ ओभरमा ६१ रनको साझेदारी गरे। सइफ जइबबाट बोल्ड हुनुअघि म्याक्सले ३० बलमा २० रन जोड्न सके।

त्यसपछि पाञ्चलले दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए। वाटले सोहेल तन्विरको बलमा क्याच हुनुअघि २१ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाउन सके।

पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। ३ मध्ये २ छक्का पवनले १९औं ओभरको अन्तिम २ बलमा चितवनका सोहेल तन्विरलाई प्रहार गरे।

बलिङमा चितवनका बोपारा, जइब र तन्विरले १–१ विकेट लिए। प्रियांक पञ्चाल भारतको घरेलु क्रिकेटमा चम्किएका खेलाडी हुन्। उनले गत मेमा सबै खाले क्रिकेटबाट संन्यास लिएका थिए।

घरेलु क्रिकेट खेलिरहेका खेलाडीले समेत विदेशमा खेल्न नपाउने भारतको नियम छ। त्यसैले प्रियांकले संन्यासपछि मात्र एनपिएल खेलेका हुन्। अब आजको दोस्रो खेलमा विराटनगर किङस र पोखरा एभेन्जर्स भिड्दैछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top