Nepal Times
Nepal Times
3
Shares

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मरे

९ माघ, चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा फेरी दुईवटा गैँडा मरेका छन् । माघ ७ र ८ गते ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो ।

गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको अधिकारीको भनाई छ । केटा गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । त्यस्तै भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको र यी दुई सहित चालु आर्थिक वर्षमा निकुञ्जले २२ वटा गैडा गुमाउन पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.