Nepal Times
Nepal Times
3
Shares

चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि

चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि

२ जेठ, काठमाडौं ।

सरकारले आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ ।

पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।

त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.