Nepal Times
Nepal Times
3
Shares

चिनियाँ पुस्तक व्यापारीलाई गोप्य सूचना विदेशमा दिएको आरोपमा १० वर्षको जेल

चिनियाँ पुस्तक व्यापारीलाई गोप्य सूचना विदेशमा दिएको आरोपमा १० वर्षको जेल

१३ फागुन, एजेन्सी । चिनियाँ पुस्तक व्यापारी गुइ मिनहाइलाई चीनका गोप्य सूचना विदेशमा दिएको भन्दै चीन सरकारले १० वर्षको जेल सजाय सुनाएको छ ।

पूर्वी सहर निंग्बोको अदालतले मंगलबार यस्तो सजाय सुनाएको हो । गुइ मिनहाइ चीनमा जन्मिएर पछि स्वीडिस नागरिकता लिने एक पुस्तक व्यापारी हुन् । जसले २०१८ मा फेरि चिनियाँ नागरिकता लिएका थिए । तर उनले स्वीडिस नागरिकता त्यागेका थिए वा थिएनन् भन्ने यकिन छैन ।

गुइ हङकङका सर्वा्धिक बिक्री हुने पुस्तक व्यापारीको रुपमा पनि चिनिन्छन् । चीनबाट उनले अवैध रुपमा पुस्तक व्यापार गर्ने पनि उनीमाथि आरोप छ । यसअघि उनले दुई वर्षको जेलजीवन बिताइसकेका छन् । उनी बेइजिङमा स्वीडिस कुटनीतिहरुका साथ रेलमा रहेका बेला पक्राउ परेका हुन् ।

उनका परिवार र आफन्तले उनको पक्राउलाई राजनीतिक कारण भएको दावी गरेका छन् । कवि समेत रहेका गुइका साथी बेइ लिङले गुइले आफ्नो गल्ती स्वीकार गर्नुमा राजनीतिक दबाव कारण भएको टिप्पणी गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.