×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

१४ माघ २०८०

१४ माघ, विराटनगर ।

छिमेकी राष्ट्र चीनको बहुप्रतिक्षित योजना बीआरआई कतिपय देशबाट फिर्ता भईसकेको छ । खासगरी भारत र पश्चिमा राष्ट्रहरुले बीआरआईलाई गरिब देशहरुलाई ऋणको भारी बोकाउने आयोजना भनेर आलोचना गर्ने गरेका छन् । यसैकारण पनि हस्ताक्षर गरिसकेको युरोपेली राष्ट्र इटाली बीआरआईबाट पछि फर्किसकेको छ ।

नेपालपनि बीआरआईको सदस्य राष्ट्र हो । नेपालमा लगानी गर्न बीआरआईबाट औपचारिक बाटो खुलिसकेको छ । तर व्यवहारत नेपाली पक्षको उदासिनताले बीआरआई परियोजना नेपालमा पूर्ण रुपमा कार्यान्वयनमा जान सकेको छैन् । बीआरआईमै केन्द्रित हुँदै कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायान यतिबेला काठमाडौंमा भेटघाट तथा विभिन्न कार्यक्रमहरुमा व्यस्त छिन् ।

नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा उनी नेपाल आएकी हुन् । शनिबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरिन् । भेटमा प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै नेपालको विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरिन् ।

यस्तै उनले आज काँग्रेस सभापति शेरबहादुर देउवा सहित माओवादीका अन्य नेताहरुसंग पनि भेट गरिन् । शीर्ष नेताहरुसंगको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको बताइएको छ । काठमाडौं बसाइँका क्रममा चिनियाँ टोलीले यहाँका राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया पनि गरेको छ ।

सो क्रममा उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् । उनले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको तर केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘ अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ । उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् । नेपालमा नीतिगत सुधारको खाँचो रहेको उनले बताइन् । नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने उनको सुझाव छ ।

नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्या रहेको भन्दै उनले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् । उनले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्नुपर्ने बताइन् । साथै, नेपालको चाहना चिनियाँ छात्रवृत्ति धेरैभन्दा धेरै देओस् भन्ने रहेको र त्यसमा छलफल गर्ने उनले बताइन् ।

चिनियाँ टोलीको यो भ्रमण विशेषतः बीआरआई कार्यान्वयनका लागि जोड दिनेमा केन्द्रित रहेको देखिन्छ । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले केही मिडियामा आएजस्तो ’बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले नेपाललाई ऋणमा पारेको भन्ने हल्ला भएको बताएका छन् । उनले बीआरआईमार्फत् चीनले बढी अनुदान दिएको पनि बताए ।

उनले नेपालको कुल विदेशी ऋण ४ प्रतिशत रहेको उल्लेख गर्दै मिडियामा आएको हल्लामा चिन्ता व्यक्त गरे । यस्तै नेपालका नेताहरुले पनि बीआरआई कार्यान्वयन हुनु पर्नेमा जोड दिए । कांग्रेस नेता शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताए । कोइरालाले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका हुन् ।

उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेकोसमेत बताए । कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआईअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् ।

पोखरेलले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरू पछि परेको बताएका हुन् । परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए ।

विकासको चरणमा रहेको नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको उनले जिकिर गरे । उनले बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए ।

उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाका नियमित सुरु गर्न पनि आग्रह गरे । महासचिव पोखरेलले नेपाल र चीनबीचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके द्विपक्षीय सम्बन्धलाई फाराकिलो बनाउने बताए । उनले चिनियाँ प्रतिबद्धताका कार्यक्रमहरू छिटो कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको बताए।

यस्तै शनिबार पनि सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरेको थियो । जसमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताएका थिए ।

उनले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताउँदै बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको जनाएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको पनि बताएका थिए ।

यस्तै शनिबार चिनियाँ उपमन्त्रीले ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा केपी शर्मा ओलीसंग भेट गरेकी थिइन् । सो क्रममा ओलीले पनि विगतमा चिनियाँ कम्युनिस्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताएका छन् ।

यस्तै हिजो साँझ नै नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगर बानेश्वरमा उनको भेट माधव नेपालसहित झलनाथ खनाल, पार्टीका अन्य नेताहरु साथै विदेश विभागका सदस्यहरुसंग पनि भयो । द्विपक्षीय भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो राखेको थियो । यस्तै टोलीले नेपालमा रहेका चिनियाँ लगानीकर्ता एवं उद्यमीसँग पनि अन्तरक्रिया गरेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२४ मा यो चिनियाँ टोली नै पहिलो उच्चस्तरिय विदेशी टोलीका रुपमा नेपाल आएको हो । टोली मंगलबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top