×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नियमित कि रणनीतिक ?

१४ मंसिर २०७७

१४ मंसिर, विराटनगर ।
दुईदिन अघि दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आएका छन् ।

यो तत्काल नभई पूर्व निर्धारित नै भ्रमण हो । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी आज नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् ।

रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् । फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । उनले भ्रमण परिणाममुखी हुनेमा विश्वस्त रहेको बताएका छन ।

उनले कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताएका छन । रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

विहान काठमाडौंमा ओर्लिए लगत्तै उनी चिनियाँ राजदूतावासमा आयोजना भएको कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेका उनलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्यो ।

वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । दुई जना बीचमा दुई पक्षीय सुरक्षा सहयोग, सहकार्य र अभ्यासहरुको विषयमा कुरा भएको बताइएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले वेईले जंगी अड्डाको निरीक्षण गरेको पनि जानकारी दिए । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता सकेर राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

त्यहाँबाट उनी सीधै त्रिभुवन विमानस्थल जाने परराष्ट्र मन्त्रालयले बताएको छ । यसरी पछिल्ला दिनहरुमा उत्तरी र दक्षिणी छिमेकी मुलुकको तर्फबाट नेपालमा लगालग भइरहेका उच्चस्तरीय भ्रमणलाई विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार गत वर्ष नै तात्कालिक रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए ।

अहिले रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैँले राखेका छन् । चिनियाँ अधिकारीहरू ठोस उद्देश्य र प्रयोजनविना नआउने भएकाले चिनियाँ रक्षामन्त्री वेइको यो भ्रमण महत्वपूर्ण भएको सुरक्षा मामिला विश्लेषकहरु बताउँछन् ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणको राजनीतिकसँगै रणनीतिक पनि महत्व रहेको छ । रक्षामन्त्री वे एकसाथ दक्षिण एशियाका पाकिस्तान, नेपाल र बाङ्ग्लादेशको भ्रमणमा निस्केका छन् ।

चीन नजिक भएर पनि अहिलेसम्मको अवस्था हेर्दा दक्षिण एशियाली मुलुकहरूमाथि भारतकै बढी प्रभाव देखिन्छ । पछिल्लो समय चीन प्रभाव बढाउन र बचाउन प्रयासरत रहेको छ ।

चीनले पछिल्लो समय सार्कको विकल्पको खोजी गरिरहेको छ । नेपालपछि चिनियाँ रक्षामन्त्री बाङ्ग्लादेश जाँदैछन् । यसको अर्थ के देखिन्छ भने दक्षिण एशियामा रहेको आफ्नो प्रभावलाई उसले निरन्तरता दिन र नरहेको हकमा थप्न चाहेको बुझिन्छ ।

त्यस्तै अमेरिकासँग भएको बृहत् अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज सम्झौता (एमसीसी) लाई नेपालको संसद्ले अझै अनुमोदन गरिसकेको छैन । यसबीच चीनले पनि आफ्नो महत्काँक्षि परियोजना बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) लाई महत्वका साथ अगाडि बढाउने चाहिरहेको देखिन्छ ।

यसरी हेर्दा चीनले आर्थिक परियोजनाहरू र भएका सम्झौताप्रति हामी प्रतिबद्ध छौँ र त्यसमा के कमजोरी भयो बुझ्न चाहन्छौँ भन्ने सन्देश दिन चाहेको हुनसक्ने कुटनीतिक जानकारहरुको बुझाई छ ।

यी बाहेक नेपाली सेनालाई चीनले गर्ने अथवा भविष्यमा गर्न सक्ने सहयोगको विषय पनि चिनियाँ रक्षामन्त्री वेको भ्रमणमा सदुपयोग गर्न सक्ने देखिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top