Nepal Times
Nepal Times
3
Shares

चिनियाँ रक्षामन्त्री आइतबार आउने

चिनियाँ रक्षामन्त्री आइतबार आउने

१३ मंसिर, काठमाडौं ।

चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ। उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ ।

फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.