Nepal Times
Nepal Times
3
Shares

चिनियाँ सरकारद्वारा दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग

चिनियाँ सरकारद्वारा दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग

१४ फागुन, काठमाडौँ । चिनियाँ सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ । शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन् ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताए । चिनियाँ सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदुत यान्छीलाई धन्यवाद समेत दिए ।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चिनियाँ सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकिला र आधुनिक देखिएको छ ।

चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.