×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिसोले जम्यो युरोप, तापक्रम माइनस ४३,पानीको हाहाकार

२० पुष २०८०

२० पुष,एजेन्सी ।
युरोपेली देशहरूमा लगातार परिरहेको हिमपातका कारण चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्विडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको छ । यो २५ वर्षमा स्विडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो ।

अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्यधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । नर्डिक क्षेत्रमा बिहीबार लगातार तेस्रो दिन तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ ।

नर्डिक क्षेत्रमा यातायात अवरुद्ध भएको छ, धेरै पुलहरू बन्द छन् र केही रेल र फेरी सेवाहरू स्थगित गरिएका छन् । डेनमार्कमा प्रहरीले सवारी चालकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । साइबेरिया र आर्कटिक क्षेत्रबाट आएको शीतलहर पश्चिमी रुसमा पनि पुगेको छ ।

जसका कारण तापक्रम माइनस ३० डिग्री सेन्टिग्रेडभन्दा तल झरेको छ । स्विडेनमा बुधबार २५ वर्षयताकै सबैभन्दा चिसो जनवरीको रात रेकर्ड गरिएको छ । पानीका पाइप चिसोका कारण तापक्रम माइनस ३८.७ सेल्सियसभन्दा तल झरेका कारण उत्तरी ल्यापल्याण्ड क्षेत्रमा पानीको सङ्कट भएको छ ।

जसका कारण टम्पेरे सहरका जनता पानीविना बाँच्न बाध्य छन् । यो अवस्था केही दिनसम्म रहन सक्छ । बेलायत, आयरल्यान्ड, नेदरल्याण्डमा तूफान ह्याङ्कआँधीले पश्चिमी युरोपका केही भागमा ठुलो क्षति पु¥याएको छ । बेलायत, आयरल्याण्ड र नेदरल्यान्ड्स ‘हेङ्क’ आँधीको चपेटामा परेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top