×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चीनको पसिना छुटाउने अमेरिकी नयाँ फाइटर जेट

२५ फाल्गुन २०८१

२५ फागुन , काठमाण्डौ।

विश्वका दुई महाशक्ति चीन र अमेरिका एकअर्कालाई पछाडी पार्न सधैं नै दौडमा रहने गरेको विषय कसैकालागि नयाँ होइन । उनीहरुबीचको यो दौड त्यो बेला झनै बढ्न थाल्छ जतिबेला मामिला डिफेन्स अर्थात रक्षाको आउँछ ।

यसैपनि हतियारहरु र ड्रोनको युद्धमा दुवै देश निकै अगाडी निस्किसकेका छन् । तर अमेरिकाले ड्रोन वारमा जित निकाल्नकालागि एक नयाँ तरिका निकालेको छ । उसले फाइटर ड्रोन तैयार गरेको दाबी गरेको छ ।

उसको यो दाबी चीनका लागि भने अब टाउको दुखाईको विषय हुनसक्छ । वाई एफ क्यु ४२ ए र वाई एफ क्यु ४४ ए, बिना पायलटको लडाकू विमान प्रोटोटाइपले अमेरिकी हवाई युद्ध रणनीतिमा एक ठूलो बदलाभ ल्याउने छ, तर लागतमा बृद्धि, उत्पादनमा ढिलाई र औद्योगिक बाधाहरु पनि समस्या हुनसक्छन् ।

यद्यपि, यसै महिना, एयर एन्ड स्पेस फोर्सेस म्यागजीनले रिपोर्ट गरेको थियो कि अमेरिकी वायु सेनाका चीफ अफ स्टाफ जनरल डेभिड अल्विनले कोलोराडोको अरोरामा एएफए वारफेयर सिम्पोजियममा सेनाका यी नयाँ लडाकू ड्रोनलाई विश्वका सामु राखेका थिए ।

अमेरिकी रक्षा ठेकेदार जनरल एटमिक्स र एंडुरिल इंडस्ट्रीजद्वारा विकसित गरिएको यो कोल्याबोरेटिभ कम्ब्याट एयरक्राफ्ट (सीसीए) वायु सेनाको नेक्स्ट–जेनरेशन एयर डोमिनेंस (एनएजीडी) पोर्टफोलियोको हिस्सा हो ।

जसले हवाई युद्धमा मानव–रहित टीमिंगका तर्फ एक महत्वपूर्ण बदलावलाई देखाउछ । वाई एफ क्यू–४२ ए र वाई एफ क्यू–४४ए, जसलाई “वफादार विंगम्यान” का रूपमा डिजाइन गरिएको छ, यसले एफ–३५ जस्ता क्रू भएका लडाकू विमानहरुका साथमा उडान भर्नेछ, जसले कम लागत र कम समय सीमामा हवाई शक्तिमा बृद्धि गर्नेछ ।

प्रोटोटाइप डिजाइन कोड्सको उपयोग गर्दै – वाई प्रोटोटाइपका लागि, एफ फाइटरका लागि र क्यू बिना पायलटको विमानका लागि – घोषणामा भनिएको छ कि अब सेमी–अटोनोमस एयरक्राफ्टलाई चुनौतीपूर्ण वातावरणमा सामेल गर्ने रणनीति अपनाइने छ ।

एशिया टाइम्समा प्रकाशित खबरका अनुसार, एंडुरिलले यो विकासलाई हवाई युद्धमा एक परिवर्तनकारी कदम भनेका छन्, जसमा सस्तो, ठूलो परिमाणमा उत्पादन र उन्नत क्षमताहरुमा जोड दिइएको छ ।

जनरल एटमिक्सले पनि यसको समर्थन गरेका छन्, उनले भनेका छन्, वाई एफ क्यू ४२ ए ले अहिले र भविष्यका विमानहरुका साथमा मिशन क्षमतालाई बढाउनमा महत्वपूर्ण भूमिका निभाउने छ ।

अमेरिकाले नयाँ ड्रोनको विकास गरिरहँदा यता चीनले ताइवानमा फेरि सक्रियता बढाएको छ । पछिल्लो समय डोनाल्ड ट्रम्पले ट्यारिफ वार छेडेपछि चीनले पनि केबल ट्यारिफमा मात्रै होइन अन्य जस्तोसुकै युद्धका लागि पनि आफू तयार रहेको चेतावनी दिएको छ ।

यसक्रममा उसले ताइवानमा फेरि शक्ति प्रदर्शन गरेको छ । उनले ताइवानको सीमामा सैन्य गतिविधिहरु बढाएको छ । ताइवानको राष्ट्रीय रक्षा मंत्रालय (एमएनडी)ले दाबी गरेको छ कि स्थानीय समयअनुसार आइतबार विहान ६ बजेसम्म पीपुल्स लिबरेशन आर्मी (पीएलए)का विमानहरुको ९ एयरक्राफ्ट, पीपुल्स लिबरेशन आर्मी नेभीका सात जहाज र २ चिनियाँ बेलुनहरु पनि देखिएको थियो ।

ताइवानी एमएनडीले एक्समा एक पोस्टमा भनेको छ, ’ताइवानको आसपास संचालित पीएलए विमानहरुको ९ एयरक्राफ्ट र ७ पीएलएएन जहाज आज विहान ६ बजे सम्म देखिएका थिए । ९ मध्ये सात एयरक्राफ्टले मध्य रेखा पार गर्दै ताइवानको उत्तरी र दक्षिण–पश्चिमी एडीआईजेडमा प्रवेश गरेका छन् ।

यो क्रममा २ पीआरसी बेलुनहरु देखिएका हुन्’ । शनिवार पनि यसअघि, एमएनडीले आफ्नो आसपास चिनियाँ विमानका २ उडानहरु, ६ चिनियाँ नौसैनिक जहाज र आठ चिनियाँ बेलुनहरु देखेको थियो ।

ताइवानी एमएनडीले भनेको छ, ’ताइवानको आसपास पीएलए विमानहरु र ६ पीएलएएन जहाजहरुको २ उडानहरु आज विहान ६ बजे सम्म देखिएको थियो । यो समयावधिको दौरान ८ पीआरसी बेलुनहरु पनि देखिएका थिए ।

हामीले स्थितिमा नजर राख्यौं र तदनुसार नै प्रतिक्रिया दिएका छौं’ । यो घटना ताइवानको आसपास चीनका तर्फबाट हालै भइरहेका बढ्दो गतिविधिहरुको प्याटर्नपछि भएको हो । जसमा क्षेत्रीय स्थिरतालाई लिएर चिन्ता बढेको छ ।

किनभने बेजिंगले यो टापुमा आफ्ना दाबीहरुलाई जोड दिइरहेको छ । ताइवानमा १९४९ देखि स्वतंत्र रूपले शासन जारी छ । यद्यपि, चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दछ र आवस्यकता पर्नासाथ बलपूर्वक अंततः पुनः एकीकरणमा जोड दिइरहेको छ ।

ताइपे टाइम्सको एक पोस्टका अनुसार, चीनले ताइवानविरुद्ध आफ्नो संज्ञानात्मक युद्ध प्रयासहरुलाई तिव्र पारिरहेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top