×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चीनको भयानक युद्ध अभ्यास, रोबोट डग युद्धमा

१२ फाल्गुन २०८१

१२ फागुन, एजेन्सी ।

ताइवानलाई कुनै पनि समय चीनमा समाहित गर्ने बताउँदै आएको चीनले लगातार आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ। पछिल्लो रिपोर्टअनुसार, चीनको सेनाले हालै न्यूक्लियर, बायोलोजिकल, केमिकल हतियारसहित एक विशाल युद्ध अभ्यास सम्पन्न गरेको छ।

यस अभ्यासमा ड्रोन, रोबोट डग र विस्फोटक रोबोट सम्मिलित गरिएका थिए। चिनियाँ सरकारी मिडियाका अनुसार, पीपुल्स लिबरेशन आर्मीको ७३औँ ग्रुप आर्मी ले यो युद्ध अभ्यास सञ्चालन गरेको हो। अभ्यास सम्पन्न भए पनि चिनियाँ मिडियाले यसको स्थान खुलाएका छैनन् ।

रिपोर्टअनुसार, यो अभ्यास आधुनिक युद्ध प्रविधि, सेना रणनीति र युद्धभूमिमा प्रविधिको भूमिकालाई परिक्षण गर्नका लागि गरिएको हो। अभ्यासमा संलग्न ब्रिगेडका एक सदस्य क्यू हुआली का अनुसार, “चाहे उन्नत स्तरको सिमुलेशन ट्रेनिङ होस् वा मानव रहित उपकरणहरूको व्यापक प्रयोग, यी सबैले हामीलाई नयाँ प्रतिस्पर्धी बाटोहरू प्रदान गर्छन्।“

उनले थप भनेका छन्, “सिमुलेशन ट्रेनिङले युद्धको वातावरणमा समन्वय वृद्धि गर्छ। हामीले मानवयुक्त र मानवरहित युद्ध रणनीतिमा सुधार गर्दै आधुनिक युद्ध प्रणालीलाई समाहित गरेका छौँ।“ यस युद्ध अभ्यासको प्रमुख विशेषता भनेको मानवरहित हतियारहरूको व्यापक प्रयोग थियो।

चिनियाँ मिडियाका अनुसार, चिनियाँ रक्षा विशेषज्ञ सोंग झोंगपिंग ले भनेका छन्, “बेइजिङ रोबोट र मानव रहित उपकरणहरूको प्रयोग दोब्बर बनाउँदैछ। यो प्रविधिले युद्धमा मानिसको निर्भरतालाई घटाउँछ, हताहती कम गर्छ र मशीनहरू मानवभन्दा राम्रोसँग लड्न सक्छन्।“

उनले थप भनेका छन् कि, “ड्रोनहरू युद्धमा महत्वपूर्ण भूमिका खेल्छन्, किनभने तिनीहरूले मानव क्षतिलाई कम गर्न सक्छन् र युद्ध रणनीतिलाई अझ प्रभावकारी बनाउँछन्।“ चिनियाँ सैन्य विज्ञहरूले युद्धमा कृत्रिम बुद्धिमत्ता एआई र ‘इंटेलिजेन्टाइजेशन’ को भूमिकालाई विशेष महत्त्व दिइरहेका छन्।

पिएलए अहिले एआई प्रविधि र मानव रहित प्रविधिको एकीकरणमा केन्द्रित रहेको छ। यसअघि, फेब्रुअरी १९ मा चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीले रिपोर्ट गरेको थियो कि पिएलएले पाइलट उम्मेदवारहरूको शरीरमा पर्ने प्रभावलाई बुझ्न एआईको प्रयोग थालेको छ।

रिपोर्टअनुसार, एआई प्रविधिले सैनिकहरूको स्वास्थ्य जोखिम पहिचान गर्न सहयोग गर्छ। एआई प्रणालीले डाक्टरहरूले नदेख्ने स्वास्थ्य समस्याहरू पत्ता लगाउन सक्छ, जसले सैनिकहरूलाई भविष्यमा आउने सम्भावित स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्छ।

चिनियाँ सेनाले आफ्नो हवाई सेना (एयर फोर्स) का सैनिक र पाइलटहरूलाई लामो समयसम्म स्वस्थ राख्न एआई प्रविधिको प्रयोग गर्दैछ, जसले तिनीहरूको शारीरिक क्षमता सुधार गर्न र फाइटर जेटको वातावरणअनुकूल बनाउने योजना रहेको बताइएको छ।

चीनको यो सैन्य अभ्यासले उसको मानवरहित युद्ध रणनीति, एआई प्रविधिको एकीकरण र न्यूक्लियर, बायोलोजिकल, केमिकल हतियारहरूको प्रयोगमा जोड दिएको छ । जसले उसको सैन्य शक्ति थप उन्नत बनाउने विश्लेषण गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top