Nepal Times
Nepal Times
3
Shares

चीनको रेडक्रसले नेपालका बाढी प्रभावितलाई १ लाख डलर सहयाेग गर्ने

चीनको रेडक्रसले नेपालका बाढी प्रभावितलाई १ लाख डलर सहयाेग गर्ने

१० मंसिर, काठमाडौँ।

चिनियाँ रेडक्रसले बाढी प्रभावितको घर पुनर्निर्माणका लागि नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो ।

चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.