×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चीनको १०३ लडाकु विमान ताइवान पुगे

१ आश्विन २०८०

१ असोज, एजेन्सी ।
विश्वस्तरमा आक्रामक रणनीतिमा उत्रिएको चीनले ताइवानमाथि फेरि लडाकु विमान उडाएर युद्धको हलचल बढाएको छ । ताइवानले १०३ चिनियाँ लडाकु विमानहरू २४ घण्टाको अवधिमा आफ्नो देशतर्फ उडेको बताएको छ । हालैका वर्षहरूमा चीनले ताइवानलाई एकै दिनमा पठाएको यो सबैभन्दा धेरै लडाकु विमान हो ।

ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान २४ घण्टाको अवधिमा १०३ चिनियाँ लडाकु विमानहरू टापुतर्फ उडेको भन्दै अर्लट जारी गरेको छ । मन्त्रालयका अनुसार सधैं झैं चिनियाँ विमानहरू ताइवान माथिबाट फर्किएका थिए। ताइवान स्वशासित टापु हो, जसलाई चीनले दाबी गर्छ। ताइवान र अमेरिकासँग बढ्दो तनावको बीचमा चीनले टापुको वरिपरि हावा र पानीमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ ।

जसलाई केही देशहरूले उत्तेजक कार्यको रूपमा व्याख्या गर्दै आएका छन् । अमेरिका ताइवानको मुख्य हतियार आपूर्तिकर्ता हो र ताइवानको स्थिति बलपूर्वक परिवर्तन गर्ने कुनै पनि प्रयासको यसले विरोध गर्दै आएको छ ।

ताइवानको रक्षा मन्त्रालयले आइतवार बिहान र सोमबार बिहानको बीचमा टापुतर्फ उडेका ४० चिनियाँ लडाकु विमानहरूले ताइवान र मुख्य भूमि चीनबीचको प्रतीकात्मक मध्य रेखा पार गरेको बताएको छ। मन्त्रालयका अनुसार चीनले २४ घण्टाको अवधिमा नौ नौसेना जहाज पनि टापुतर्फ पठाएको छ। मन्त्रालयले चीनको सैन्य कारबाहीलाई ’उत्पीडन’ भनेको छ।

यसले क्षेत्रमा पहिलेदेखि नै विद्यमान तनाव थप बढ्न सक्ने चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ’हामी बेइजिङका अधिकारीहरूलाई जिम्मेवारी लिन र त्यस्ता विनाशकारी सैन्य गतिविधिहरू तुरुन्त बन्द गर्न आग्रह गर्दछौं। ’ चीनले गत हप्ता ताइवान नजिकैको पानीमा विमानवाहक सानडोङ लगायतका जहाजहरूको फ्लीट पठाएको थियो।

अमेरिका र क्यानडाले ताइवान स्ट्रेट हुँदै युद्धपोत पठाएपछि यो कदम चालिएको हो। ताइवान स्ट्रेटले आफूलाई मुख्य भूमि चीनबाट अलग रहेको बताउँदै आएको छ । चीनले ताइवान नजिकै रहेको आफ्नो फुजियान प्रान्तमा एकीकृत विकास प्रदर्शन क्षेत्र स्थापना गर्ने योजनाको पनि अनावरण गरेको छ ।

चीनको हालैको कारबाही ताइवानमा आगामी जनवरीमा हुने राष्ट्रपतीय निर्वाचनलाई प्रभाव पार्ने प्रयास हुन सक्ने विश्लेषण गरिएको छ । यस टापुको औपचारिक स्वतन्त्रताको पक्षमा रहेको सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील पार्टीले चिनियाँ सरकारको विरोध गरेको छ । यस कारणले गर्दा चीनले विपक्षी उम्मेदवारहरूलाई समर्थन गरेको छ जसले चीनको साथ काम गर्ने वकालत गर्दै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top