Nepal Times
Nepal Times
3
Shares

चीनबाट अक्सिजन सिलिन्डर ल्याउनै समस्या, वाइडबडीले एउटा उडानमा चार सय सिलिन्डर मात्रै बोक्ने

चीनबाट अक्सिजन सिलिन्डर ल्याउनै समस्या, वाइडबडीले एउटा उडानमा चार सय सिलिन्डर मात्रै बोक्ने

२४ बैशाख, काठमाडौं । चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर नेपाल ल्याउन समस्या देखिएको छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।

विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो ।

नेपालकै जहाज पठाएर खेप÷खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुङ्गो लागेको छैन ।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कुरा गर्दा सिलिन्डर बोक्ने जहाजको विषयमा स्वास्थ्य र पर्यटन मन्त्रालयले निर्णय गर्ने जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.