×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनमा बनिरहेको कोरोना खोप नोभेम्बरसम्ममा आममानिसको प्रयोगमा आउन सक्ने

३० भाद्र २०७७

३० भदौ, एजेन्सी । चिनियाँ अधिकारीले बनाइरहेको कोरोनाभाइरसविरूद्धका भ्याक्सिन आउने नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने उनीहरुले बताएका छन्।

चाइनिज सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बर वा डिसेम्बरमा आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन्।

चिनियाँ कम्पनीहरूले बनाइरहेका ४ वटा भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणको क्रममा रहेका छन्। तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको छ।

वुले पछिल्लो समय आफूले पनि भ्याक्सिन लगाएको तर त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन्। उनले कुन भ्याक्सिन लगाएकी हुन् भन्नेचाहिँ खुलाएकी छैनन्।

सिनोफार्म र सिनोभ्याक वायोटेकले राज्यको आपतकालीन् प्रयोग कार्यक्रमअन्तर्गत तीन वटा भ्याक्सिन बनाइरहेका छन् भने क्यान सिनो बायोलोजिक्सले बनाएको भ्याक्सिनलाई गत जुनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो।

गत जुलाईमा सिनोफार्मले सन् २०२०को अन्त्यसम्ममा आफूले बनाएको भ्याक्सिन आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो।

संसारभरिका भ्याक्सिन निर्माता कम्पनीहरू अहिले कोरोनाभाइरसविरूद्धको प्रभावकारी खोप बनाउने दौडमा छन्।

उक्त दौडमा अगाडि रहेका पश्चिमा मुलुकका कम्पनीहरूले खोप बनाउन सबै वैज्ञानिक प्रक्रियाहरूलाई पालना गर्ने र राजनीतिक दबाबमा नआउने बताएका छन्।

पछिल्लो समय रूसले तेस्रो चरणको परीक्षण नै नगरी आफ्नो कम्पनीले बनाएको भ्याक्सिनलाई स्वीकृति दिएको थियो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनअघि नै खोप ल्याउन चाहन्छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top