Nepal Times
Nepal Times
3
Shares

चीनले लगायो भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध

चीनले लगायो भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध

१६ जेष्ठ, एजेन्सी । अफ्रिकन स्वाइन फिभर (एएसएफ) नियन्त्रणका लागि चीनले भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ ।

चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो । असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्धले भारतीय निर्यातमा पार्ने प्रभावको विवरण भने यकिन भइसकेको छैन ।

रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले ठुलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए भने यसपटक सोको उत्पादनलाई पुनर्स्थापित गर्न उसले प्रतिबन्ध लगाएको ठानिएको छ।

गत वर्ष डिसेम्बरमा एएसएफका कारण चीनको सुँगुरको मासु उत्पादनमा १६ वर्ष यताकै कम भएको थियो।

यसैगरी चीनले डिसेम्बरबाट गरेको भन्सार कडाइले भारतबाट हुने राँगाको मासुको आयातमा असर पारेको छ ।

चीनको यो कदमलाई भारत(चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.