Nepal Times
Nepal Times
3
Shares

चेल्सीसँग बराबरीमा रोकियो रियल

चेल्सीसँग बराबरीमा रोकियो रियल

१५ बैशाख , एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् ।

ैमंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् ।

रियलको घरेलु अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता चेल्सीले बनाएको थियो ।

खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडिगरको पासमा गोल गरे ।

तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । इडर मिलिटाओको पासमा उनले गोल गरे ।

बाँकी समयमा कुनै तर्फबाट गोल हुन सकेन । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.