×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चोटैचोट बोकेकी नेहा चौधरीले लेखिन् मर्न बाहेक विकल्प छैन्…

१० मंसिर २०८०

१० मंसिर,काठमाण्डौ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएकै दिन लामो समयदेखि पति र उनको परिवारबाट भोगेको शोषण र दुव्वयबारका लागि न्यायको प्रतिक्षामा रहेकी नेहा चौधरीले आफूमाथिको अर्काे शोषण भइरहेको खुलासा गरेकी छन् ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भइरहेका नेहाले सामाजिक संजालमार्फत आफूले न्याय नपाएको , आफन्तबाट थप शोषण भएकाले मर्नु वाहेकको विकल्प नरहेको बताएकी छन् ।

उनले लेखेकी छन्, आज भन्दा १ बर्ष पहिला मैले म सँग घटेको घटना सामाजिक संजालमा राखेको थे, १ बर्ष भन्दा बढी भैसक्यो अहिलेसम्म मुद्दाको केही भएको छैन! म चारैतिर भौतारिदै न्याई खोजे र पनि न्याइ पाईन! अब म सँग मर्न बाहेक अरु कुनै बिकल्प छैन! मेरो बिपक्षी र उसको परिवार भागेर इंडियामा बसिरछन् र मुद्दाको पक्रिया रोकिएको छ! अहिले सम्म घरेलू हिंसा मुद्दाको फैसला नी भएको छैन अरु मुद्दाहरु त के नै हुनु! दाइजोको लगी कुटपिट गरेर मलाई घरबाट नीकाला गरेको थियो! ५१ लाख पैसा र गरगहना संपूर्ण मिलाएर ७१ लाख दिएकोथियो ! थप दाइजोको लागी मलाई दिनरात कूटने गर्थ्यो!

 

उनले पछिल्लो समय थप शोषणको सामना गर्नुपरेको समेत बताएकी छन्। उनले थप लेखेकी छन्, केही दिन पहिला पंकजको विनाजु संतोष चौधरीले मलाई गाली बेजत गरेर म संग नराम्रो गर्न खोज्यो ! हैन, कैलेसम्म म पंकज र पंकजको परिवारबाट बेइज्त भैराख्नु! अब म मा सहने क्षमता छैन ।

सबप्रमाण हुदा नी म कानूनमा साचो कुराको महत्व छैन! कानूनको भरोसामा चुप भएर मुद्दा पक्रियामा लगे तर पंकजको नातेदारबाट शोषण भयो तर नि म सहेर बसे परिणाम उनिहरुको हिम्मत बढ्दै गयो । अब अझ हिम्मत बाकी छैन म मा त्यो पापी पंकज उसको भिनाजु संतोष चौधरी र उसको परिवारलाई सजाय दीलाउन हजुरहरु सहयोग गर्नु ।

नेहाको अपिल पछि अहिले धेरैले नेहाका लागि न्यायको अपिल गरिरहेका छन् भने हिम्मत नहार्न हौसला प्रदान गरिरहेका छन् । महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए ।

 

७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दुःख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।

नेहाको परिवारका अनुसार विवाहमा ठूलो रकम गरगहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् । पंकज एमबीबीएस डाक्टर हुन् ।

उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराएका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकज चौधरीलाई ०७९ चैत्रमा धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको थियो ।

तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।

नेहाको न्यायका लागि सामाजिक संजालमा अभियान नै चलेको थियो । चिकित्सकजस्तो ब्यक्तिले दाइजोका लागि श्रीमतीलाई शारीरिक र मानसिक यातनासहित, अंश नदिने मनसायसाथ छोडपत्रको मुद्या हाल्नु लज्जाको विषय भएको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन् । यस घटनमा मधेसी आयोगले समेत छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top