×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्याम्पियन्स लिगमा पनि हालान्डको गोल वर्षा,पिएसजी बराबरीमा

२० आश्विन २०७९

२० असोज, एजेन्सी ।
नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले गोलको वर्षा कायमै राखेका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा एफसी कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटीलाई ५–० को फराकिलो जित दिलाउने क्रममा हालान्डले पहिलो हाफमै २ गोल गरे ।

प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक गरेका उनले च्याम्पियन्स लिगमा पनि जादुयी प्रदर्शनलाई यथावत राखेका हुन् । उनले खेलको सातौँ मिनेटमा गोलको खाता खोले । त्यसपछि खेलको ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० ले अघि बढाए ।

त्यसपछि कोपनहेगनका डेभिट खोचोलाभाले आत्मघाती गोल उपहार दिँदा सिटी ३–० ले अघि बढ्यो । तर दोस्रो हाफमा हालान्डलाई प्रशिक्षक पेप ग्वार्डिओलाले आराम दिए । दोस्रो हाफमा सिटीका लागि रियाद महारेजले ५५ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे ।

त्यसपछि अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेजले खेलको ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित पक्का गरे । एकपक्षीय यो जितपछि सिटी समूह एचमा तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

यस्तै चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । समूहमा ३ खेलमा चेल्सीको ४ अंक पुगेको छ । टोली अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको एफसी साल्बर्गको ५ अंक छ ।

तेस्रो स्थानको मिलानको पनि ४ अंक छ भने पुछारको डिनोमो जागरेभको ३ अंक छ । समूह इको अर्को खेलमा पहिलो जित निकाल्ने क्रममा साल्जबर्गले जागरेभलाई १–० ले हराएको थियो । यता पेरिस सेन्ट जर्मेन (पिएसजी) बुधबार राती बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको छ ।

लियोनल मेस्सीले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएपनि पिएसजीलाई च्याम्पियन्स लिग खेलमा जितका लागि पर्याप्त रहेन । नेयमार र केलियन एमबाप्पेले चखालीपूर्ण प्रदर्शन गर्दै निकालेको पासमा मेस्सीले २२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

त्योसँगै च्याम्पियन्स लिगमा ४० टोलीविरुद्ध गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् । डानिलो पिरिराले ४१ औं मिनेटमा आत्मघाती गोल गर्दा खेलमा १–१ बराबरी भएको थियो । बराबरीका बाबजुद गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा रहेको छ ।

पिएसजी र दोस्रो स्थानको बेन्फिकाको सामन ७ अंक छ । तेस्रो स्थानको युभेन्ट्सको ३ अंक छ । यस्तै रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो । यो जितसँगै रियलले समूहमा ५ अंकको अग्रता बनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top