Nepal Times
Nepal Times
3
Shares

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

१६ बैशाख, काठमाडौ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

गएराति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका लागि डी ब्रुइनले खेलको ६४ औं र रियाद महरेजले खेलको ७१ औं मिनेटमा गोल गरे ।

पीएसजीका मार्कुन्होसले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुयेले रातो कार्ड पाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.