×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै

४ बैशाख २०८२

४ वैशाख , एजेन्सी ।

युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रियललाई २–१ र समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्दा अर्को खेलमा बायर्न र इन्टर मिलानले २–२ गोलको बराबरी खेलेका थिए ।

यद्यपि, पहिलो लेगमा २–१ को जितका कारण इन्टरले बायर्नलाई समग्रमा ४–३ ले पछि पार्दै सेमिफाइनलमा स्थान बनायो । पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए । इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

जितपछि आर्सनल समग्रमा तेस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न सफल भयो । यसअघि २००९ मा उसले सेमिफाइनलमा स्थान बनाएको थियो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा आर्सनलको मैदानमा पिएसजीले ३० अप्रिलमा प्रतिस्पर्धा गर्दा दोस्रो लेग मे ८ मा पिएसजीको मैदानमा हुनेछ ।

त्यस्तै, अर्को खेलमा मे १ मा बार्सिलोनाले आफ्नो मैदानमा इन्टर मिलानको सामना गर्दा ७ मेमा इन्टरको मैदानमा दोस्रो लेग खेल्ने छ । जहाँबाट फाइनल पुग्ने टिमको तय हुने छ । प्रतियोगिताको फाइनल १ जुनमा हुनेछ ।

यसबीच किलियन एमबाप्पेले आफ्नो पहिलो सिजनमै रियल मड्रिडका साथ च्याम्पियन्स लिग जित्ने सपना अधुरै छोड्नुपरेको छ । पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट च्याम्पियन्स लिग जित्न उनले धेरै प्रयास गरेका थिए ।

तर, असफल भएपछि १५ पटकको च्याम्पियन रियलमा उपाधि जित्ने लक्ष्यसहित उनी आवद्ध भए । यद्यपि, उनले रियललाई उपाधिनजिक पु¥याउन सकेनन् । स्यान्टियागो बर्नाबेउमा बुधबार सम्पन्न दोस्रो लेगमा केही समर्थकहरूले उनलाई ‘हूट’समेत गरे ।

एमबाप्पे पछिल्ला पाँच खेलमा कुनै गोल गर्न सकेका छैनन् । बुधबारको खेलमा उनले एकपटक पनि पोस्टतर्फ बल प्रहार गर्न सकेनन् । ७५औं मिनेटमा दाहिने खुट्टाको चोट बोकेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

ब्राहिम डियाजले उनलाई प्रतिस्थापन गरे । दर्शकहरूले उनको नाम घोषणामा ‘हूट’ गरेका थिए । यद्यपि, उनले आफैं हिंडेर मैदान छोडेका थिए । क्लबले चोटको गम्भीरताबारे तत्काल कुनै जानकारी दिएको छैन ।

२३औं मिनेटमा एमबाप्पेमाथि पेनाल्टीको सम्भावना देखिएको थियो । तर, भिएआरको समीक्षापछि निर्णय उल्ट्याइयो । रेफ्रीले पहिला डिफेन्डरले उनलाई समातेको भन्दै पेनाल्टी दिएका थिए ।

रियलका गोलरक्षक थिबाउट कोर्टोइसले आर्सनलको सशक्त रक्षात्मक रणनीतिले एमबाप्पे र भिनिसियस जुनियरलाई प्रभावहीन बनाएको बताए । ‘कहिलेकाहीँ हामीले आत्मआलोचना गर्न पनि सक्नुपर्छ । हामी एउटा समूह हौं,’ उनले भनेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top