×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

’छक्का पञ्जा’को प्रचार गर्दै नेपाली दूताबास,’बेहुली फ्रम मेघौली’ ओटीटीमा

१ कार्तिक २०८१

१ कार्तिक, काठमाण्डौ।

बडादशैंको फूलपातीको अवसर पारेर रिलिज भएका तीन नेपाली फिल्महरू प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन्। ’छक्का पञ्जा ५’, ’१२ गाउँ’ र ’ज्वाइँ साब’ आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन्। यीमध्ये आक्रामक व्यापार गरिरहेका ’छक्का पञ्जा ५’ र ’१२ गाउँ’ लाई क्युएफएक्सले सुपरहिट घोषणा गरिसकेको छ।

उता आक्रमक ब्यापार गरिरहेको ‘छक्का पञ्जा–५’को प्रचारमा नै साउदी स्थित दूतावास जुटेको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साउदी अरबमा उक्त चलचित्र प्रदर्शन हुन लागेको भन्दै त्यहाँ रहेका नेपालीलाई हेर्न अनुरोध गरेको छ ।

“साउदी अरबमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूका लागि जानकारी,” दूतावासले आफ्नो फेसबुक पेजमा भनेको छ, “१७ अक्टोबर २०२४ देखि साउदी अरबका विभिन्न सहरमा पहिलोपटक नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ एकै साथ प्रर्दशन हुने भएकाले नजिकको सिनेमा हलमा गएर चलचित्र हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।”

दूतावासले साउदी अरबमा ‘छक्का पञ्जा–५’ प्रशर्दन हुने सहर र चलचित्र हलको पूर्णविवरण र थप जानकारी आवश्यक परे सम्पर्क गर्न भन्दै एक व्यक्तिको नाम र मोबाइल नम्बर पनि उपलब्ध गराएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा ‘छक्का पञ्जा–५’ को पोस्टर पनि राखेको छ ।

नेपालीहरुका समस्या समाधानमा अग्रसरता नलिने दूताबास चलचित्रको प्रचारमा लागेको भन्दै आलोचना भएको छ । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

सुरूका दिनमा राम्रो अकुपेन्सी नदेखिएको ’ज्वाइँ साब’ ले पनि पिकअप लिइरहेको छ। अहिले यो फिल्म प्राप्त शोमा राम्रो अकुपेन्सीमा चलिरहेको निर्माण पक्षले जनाएको छ। व्यापारको कुरा गर्दा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ’छक्का पञ्जा ५’ ले ११ करोडमाथिको ग्रस कलेक्सन गरेको जनाइएको छ।

विराज भट्टका बाबु–छोराको फिल्म ’१२ गाउँ’ को ग्रस कलेक्सन ७ करोडमाथि पुगेको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिएको छैन। यसका वितरक गोविन्द शाहीले दोस्रो हप्तामा १२ गाउँ देशभर हाउसफुल रहेको बताएका छन् ।

जितु नेपाल र नीति शाह अभिनीत ’ज्वाइँ साब’ ले पनि ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छैन। दोस्रो सातामा फिल्मले पाएको शोको कुरा गर्दा क्युएफएक्स चेनमा काठमाडौंका आउटलेटमा ’छक्का पञ्जा ५’ र ’१२ गाउँ’ को शो बराबरजस्तो छ।

शुक्रबारका लागि क्युएफएक्सका काठमाडौंका आउटलेटमा ’१२ गाउँ’ को शो बढी छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले बिहीबारका लागि ’छक्का पञ्जा ५’ लाई १५ शो दिएको छ भने ’१२ गाउँ’ ले १२ शो पाएको छ।

आईएनआईमा ’ज्वाइँ साब’ लाई ३ शो दिइएको छ। बिग मुभिजमा ’१२ गाउँ’ अगाडि देखिएको छ। यहाँ बिहीबारका लागि ’छक्का पञ्जा ५’ ले ६ र ’१२ गाउँ’ ले ७ शो पाएको छ। यहाँ ’ज्वाइँ साब’ लाई १ शो दिइएको छ।

सुरूमा शो बाँडफाँट गर्दा क्युएफएक्समा ’१२ गाउँ’ ले भन्दा ’छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो। दर्शकको साथ पाएपछि ’१२ गाउँ’ ले विस्तारै शो बढाउँदै लगेको हो। उता असोज १७ गते रिलिज फिल्म ’बेहुली फ्रम मेघौली’ लाई भने निर्माताले बिहीबारदेखि हलबाट उतारेका छन्।

यसका निर्माता एवं अभिनेता निश्चल बस्नेतले फिल्मले राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ पाइरहेको भए पनि हलले शो घटाएको र हिन्दी फिल्मलाई शो दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यो फिल्मलाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन्। फिल्मलाई चाँडै ओटिटी प्लेटफर्ममा रिलिज गरिने जनाइएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top